सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बुधबार बिहान काभ्रेबाट रामेछापतर्फ आउँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो।
जिप सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ।
जिप चालक काभ्रेको बेथानचोक गाउँपालिका–३ बस्ने अन्दाजी २६ वर्षीय नारायण बस्नेत सकुशल छन्। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरू
१) जिल्ला काभ्रेपलान्चोक बेथानचोक गा.पा. वडा नं.१ बस्ने वर्ष २८ को रोम बहादुर योञ्जन।
२) ऐ.ऐ. बस्ने वर्ष अं. २१ को मिना माया तामाङ।
३) ऐ.ऐ. बस्ने वर्ष अं. ५६ को दुर्गा बहादुर योञ्जन।
४) ऐ.ऐ. बस्ने वर्ष अं. ४३ को धन बहादुर योञ्जन।
५) ऐ.ऐ. बस्ने वर्ष अं. ४५ को प्रेम योञ्जन।
६) ऐ.ऐ. बस्ने वर्ष अं. ३० को दिनेश योञ्जन।
७) ऐ.ऐ. बस्ने वर्ष अं. २० को अनिल योञ्जन।
८) ऐ.ऐ. बस्ने वर्ष अं. ५२ को टेक बहादुर थिङ।