‘गोप्य’ यूएई भ्रमणपछि नेतन्याहुमाथि इरानको आपत्ति

 संवाददाता    २०८३, १४ आश्विन बुधबार १२:४३     24 जनाले पढ़िसके



Spread the love

इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘सुटुक्क’ गरेको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणको निन्दा गरेको छ।

नेतन्याहुले हालै यूएई भ्रमण गरेको खुलासा भएपछि इरानको विदेश मन्त्रालयले मध्यपूर्वी देशहरूलाई चेतावनी दिँदै यसले अस्थिरता सिर्जना गर्ने दाबी गरेको हो।

मंगलबार राति जारी विज्ञप्तिमा इरानको विदेश मन्त्रालयले भनेको छ, ‘क्षेत्रको सुरक्षा सबै देशहरूको साझा जिम्मेवारी हो। असुरक्षित शक्तिहरूलाई क्षेत्रमा प्रवेश गर्न बाटो सिर्जना गर्ने कुनै पनि कार्य अन्ततः क्षेत्रका सबै देशहरूका लागि हानिकारक हुनेछ।’

‘यसले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता सिर्जना गर्नेछ। त्यसैले यस क्षेत्रका सरकारहरूले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न आफ्नो जिम्मेवारी बुझ्ने आशा छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उनीहरू (बाँकी देशका सरकारहरू) ले इजरायली शासनको हानिकारक उपस्थितिका लागि बाटो बनाउनबाट जोगिनुपर्छ र आफ्नो माटोलाई अन्य देशविरुद्ध गतिविधि गर्ने मञ्च बन्नबाट रोक्नुपर्छ।’

नेतन्याहुले गत आइतबार यूएईको गोप्य भ्रमण गरी त्यहाँका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका थिए।