प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

 संवाददाता    २०८२, १० बैशाख बुधबार १०:१८     85 जनाले पढ़िसके



Spread the love

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि बुधबार ११ बजे सिंहदरबारमा बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ देखि सुरु हुने गरी बजेट अधिवेशन आह्वान गरिसकेका छन् ।