पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने

 संवाददाता    २०८२, ९ बैशाख मंगलवार १५:५२     83 जनाले पढ़िसके



Spread the love

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने भएको छ । अप्रिल २६ मा स्थानीय समय अनुसार बिहान १० बजे उनको अन्त्येष्टि हुने छ । भ्याटिकनले अन्त्येष्टिको तयारी पनि सुरु गरिसकेको छ ।

यति बेला सान्टा मार्टास्थित पोपको आवासमा रहेको चापेलमा उनको शवलाई कफिनमा सुताइएको तस्बिर बाहिरिएको छ ।

बुधवार पोपको पार्थिव शरीरलाई सेन्ट पिटरर्स बसिलिका लगिनेछ । अन्त्येष्टि अघिसम्म सर्वसाधारणको लागि भनेर उनको शवलाई कफिनमै राखिनेछ ।

उनको अन्त्येष्टिका संस्कार खुला स्थानमा गरिने बताइएको छ । पोपको अन्त्येष्टिमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि आउने भन्दै बीबीसीले समाचार छापेको छ ।