म मन्त्री भएको भए दुर्गा प्रसाईंलाई सुट गर्ने आदेश दिन्थेँ: सांसद यादव

 संवाददाता    २०८१, २८ चैत्र शुक्रबार १४:२४     170 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसकी सांसद नागिना यादवले चैत १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डरलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छन्।

संसदीय समितिमा बोल्दै सांसद यादवले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका प्रसाईँबारे भनिन्, ‘म मन्त्री भएको भए सुट गर्ने आदेश दिन्थेँ। कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

चैत १५ गते भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही घाइते अहिले पनि उपचाररत छन्। उग्र राजावादीले तीनकुने क्षेत्रका निजी तथा सरकारी संरचना तोडफोड र आगजनी गरेका थिए।

आज मात्रै उक्त प्रदर्शनका कमान्डर प्रसाईंलाई पनि पक्राउ गरी काठमाडौँ ल्याइएको छ।