अनलाइन कारोबारमा ५ हजारसम्मको भुक्तानी गर्दा भ्याट छुट दिन सुझाव

 संवाददाता    २०८१, २८ चैत्र शुक्रबार १२:१२     230 जनाले पढ़िसके



Spread the love

रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले अनलाइन कारोबारमा ५ हजारसम्मको भुक्तानी गर्दा भ्याट छुट दिन सुझाव दिएको छ।

आगामी बजेटमार्फत सरकारले अनलाइन कारोबारमा समेत मूल्यअभिवृद्धि कर लगाउन थालेकोमा डिजिटल कारोबार निरुत्साहित भएको सानो रकममा हटाउन सुझाव दिएको हो।

प्रतिवेदनमा भनिएको छ, ‘विद्युतीय भुक्तानीमा लागेको मूल्यअभिवृद्धि कर ५ हजारसम्मको भुक्तानीको हकमा हटाउने।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमै साना रकममा भुक्तानी गर्दा छुट दिने व्यवस्थाको विषयमा छलफल भइरहेको बताए पनि सरकार बनेको ९ महिनासम्म हटाएका छैनन्।