ओलीको अनुपस्थितिमा कांग्रेस महाधिवेशनमा रवि–प्रचण्डसहित नेताहरूको सम्बोधन

 संवाददाता    २०८३, १८ आश्विन आईतवार १३:३७     20 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको १५ औँ महाधिवेशको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । पार्टीबाट शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले बताए ।

२ बजेबाट सुरू हुने उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।

नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुँदै छन् ।

चालिसेका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टी महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल आउने निश्चित भएको छ ।