नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। आजबाट सुरु हुने १५ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
न्यौपाने प्रतिनिधि सभाको पूर्व सचेतक तथा संसदीय सुनुवाइ समितिको पूर्व सभापति हुन्। उनी ३ पटक केन्द्रीय सदस्य भइसकेकी छन् ।
कांग्रेसमा सहमहामन्त्री ८ सहमहामन्त्री निर्वाचनबाट आउनेछन्। जसमा एउटा महिलाको लागि छुटाइएको छ।
विधान अनुसार ३ सहमहामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था छ। कूल ११ सहमहामन्त्रीबाट पनि केही थप गर्ने तयारी छ।