लागु औषधसहित काठमाडौंबाट तीन जना पक्राउ

 संवाददाता    २०८१, २६ चैत्र बुधबार १३:२९     218 जनाले पढ़िसके



Spread the love

काठमाडौंबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन्।

बुधबार बिहान काठमाडौंको सतुंगलबाट सशस्त्र प्रहरी बलको टोलीले तीन जनालाई लागु औषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ्–८ घर भई काठमाडौ बस्ने वर्ष ४५ वर्षीय अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने ३० वर्षीय सन्दीप सिंह र काठमाडौ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन्।

उनीहरूलाई बाराको सिम्रौनगढ, कलैया, वीरगंज हुँदै काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरूबाट डाईजोपाम, नोफिन र फेनारगन नामको लागुऔषध बरामद गरिएको जनाएको छ।

थप अनुसन्धान र कारबाहीका लागि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ।