मोटरसाइकलमा लिफ्ट दिंदा नेपाली सेनाका उपसेनानी पक्राउ

 संवाददाता    २०८१, १२ फाल्गुन सोमबार १२:२१     125 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौंको बालाजुबाट आइतबार बिहान नेपाली सेनाका उपसेनानी पक्राउ परेका छन् ।लुटपाटमा सघाएको आरोपमा उपसेनानी आदर्श देवकोटा पक्राउ परेका हु्न् ।

प्रहरी स्रोतका अनुसार उनको मोटरसाइकलमा सवार युवकले बसपार्कमा एक महिलाको झोला तानेर भागेका थिए। ती युवक फरार छन् ।

उपसेनानी देवकोटाले भने ती व्यक्तिलाई आफुले नचिन्ने र मोटरसाइकलमा लिफ्ट मात्र दिएको बताएका छन्। बसपार्क प्रभागले थुनामा राखेर उनलाई आइतबार नै सैनिक प्रहरीको जिम्मा लगाएको छ ।