बुहारी हत्या गर्ने सासु ४ वर्षपछी पक्राउ

 संवाददाता    २०८१, २९ पुष सोमबार १५:५३     86 जनाले पढ़िसके



Spread the love

बुहारीको हत्या गरी फरार (सासु) रौतहटकी ६२ वर्षीया सायरा खातुनलाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ । खातुनले २०७७ साल जेठ ८ गते बुहारी २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन् । उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।