पर्सा । सशस्त्र प्रहरीले वीरगंज भन्सारको मुल द्वार अगाडि बाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध पक्राउ गरेको छ ।
तेस्रो लिङ्गीको रुपधारण गरि भारत बाट नेपाल तर्फ पैदल आउदै गरेका पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहाका मिश्रि रामको साथ बााट लागूऔषध बरामद गरेको हो ।
हरियो खुर्सानी बोकेको बोरा भित्र लुकाएर ल्याउदै गरेको डाइजेपाम, नुर्फिन लगायतका लागूपदार्थ करिव दुई हजार एम्पुल बरामद भएको हो ।
पक्राउ परेका रामलाई थप अनुसन्धान र कारबाहीका लागि इनर्वा प्रहरी चौकीमा बुझाइएको छ ।