भक्तपुरमा बाबुले चक्कु प्रहार गर्दा छोराको मृ-त्यु

 संवाददाता    २०८१, ३ पुष बुधबार १०:४३     115 जनाले पढ़िसके



Spread the love

काठमाडौं । भक्तपुरमा चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका-६ हात्तिबाचका वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादको क्रममा निजका बुबा वर्ष ६३ को दिप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा भक्तपुर अस्पतालमा गएराति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको शव पोष्मार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको प्रहरीले जनाएको छ ।

मृतकका बुबा दिप बहादुर शाहीलाई जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा लिई घटनाको सम्बनधमा थप अनुसन्धान गरिरहेको छ ।