करिब ७ लाख मूल्य बराबरको रुद्राक्षको दाना बरामद

 संवाददाता    २०८१, १८ मंसिर मंगलवार १२:३७     53 जनाले पढ़िसके



Spread the love

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले आज बरामद गरेको छ ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शङ्का लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ के।जी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो ।बरामद रुद्राक्षको दाना आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।