प्रेमिकाको अश्लील भिडिओ बनाएर आफन्तलाई पठाउने युवक पक्राउ

 संवाददाता    २०८१, १४ मंसिर शुक्रबार १४:३३     73 जनाले पढ़िसके



Spread the love

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले सामाजिक सञ्जालमा साथी बनेर कुराकानी गर्ने क्रममा पीडित युवतीलाई प्रेम प्रस्ताव राखेर भिडिओ कल गर्ने क्रममा पीडित युवतीलाई अश्लील अङ्ग देखाउन लगाई रेकर्ड गरेका थिए । पछि उक्त भिडिओ पीडित र पीडितको आफन्तलाई समेत पठाएका थिए ।

आफ्नो अपमान र बेइज्जत गरी चरित्र हत्या गरेकोले आवश्यक कारबाही गरी पाउ भनी पीडित युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनलाई ब्यूरोको टोलीले मङ्सिर १२ गते पक्राउ गर्न सफल भएको थियो ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।