क्षेत्रपाटीमा छिमेकीविच झडप हुंदा एकको ज्यान गयो

 #अपराध     २०८१, १७ श्रावण बिहीबार ०७:४३     49 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित ढल्कुमा दुईसमूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । महानगरपालिका–१७ ढल्कुस्थित पोडेटोलमा दुई समूहको बिचमा झडप हुँदा खुकुरी प्रहारबाट अनिल पुजारीको मृत्यु भएको हो ।

छिमेकीसँग विवाद हुँदा अर्को समूहले खुकुरी प्रहार गर्दा अनितको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य ६ जना घाइते भएको जनाइएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार जारी रहेको छ ।