नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार झनै वृद्धि भएको हो।
बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि एक लाख ३० हजार निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ।
यस्तै, चाँदीको मूल्य समेत वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ पुगेको छ।