एकैदिन तोलामा १२ सयले घट्यो सुनको मूल्य

 आर्थिक खबर     २०८०, ३ माघ बुधबार १२:४८     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।