शेयर बजार आज पनि घट्याे

 आर्थिक खबर     १८ मंसिर २०८०, सोमबार १५:१७     42 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेकाे छ । हिजाे आइतवार ७ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४२ अङ्कले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा झरेकाे छ ।

आज विकास बैंक, फाइनान्स, बीमा र म्युचल फन्ड बाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, व्यापार र अन्य समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालकाे शेयर झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटेकाे दिन समाज लघुवित्तकाे शेयर ८ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

आज ३८ लाख ९६ हजार कित्ता शेयर १ अर्ब १९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै साेनापुर मिलरल्स एन्ड आयल कम्पनीकाे ७ कराेड ४६ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।