काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना पक्राउ

 #अपराध     १५ कार्तिक २०८०, बुधबार १३:५३     65 जनाले पढ़िसके



Spread the love

काठमाडौंको गोठाटारमा गोली चलेको छ ।

लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिनका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार​ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । लागुऔषध जोख्ने तराजुसहित हर्क लिम्बु पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिबाट  २०० ग्राम ब्राउनसुगर बरामद परेको प्रहरीले जनाएको छ । पक्राउ गर्न गएका प्रहरीलाई पेस्तोल ताकेपछि प्रहरीले गोली चलाएको थियो । खुट्टामा गोली लागेका लिम्बुलाई तिनकुनेको कान्तिपुर अस्पतालमा उपचारका लगेको प्रहरीले जनाएको छ ।