२४ करोड रुपैयाँको सट्टेबाजीको आरोपमा झापाका ३० वर्षीय पिन्टु कुमार साह पक्राउ

 #अपराध     २०८०, १९ आश्विन शुक्रबार १९:५५     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं। अनलाइन जुवा (सट्टेबाजी) खेलेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले झापा दमक नगरपालिका घर भएका ३० वर्षीय पिन्टुकुमार साहलाई नियन्त्रणमा लिएको हो।

साहले अनलाइन जुवाका विभिन्न एप प्रयोग गरेर विभिन्न बैंक खाताबाट २४ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।