नेप्सेमा आज भारी गिरावट

 आर्थिक खबर     १४ आश्विन २०८०, आईतवार २०:२९     44 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर १ हजार ९ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ।

आज विभिन्न २ सय ८४ कम्पनीका ६७ लाख २३ हजार ४ सय कित्ता शेयर ८२ हजार ८ सय पटक खरिदबिक्री हुँदा रू १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७ सय ४३ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ।

आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सनराइज फस्ट म्युचुअल फन्ड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू १४ करोड ७३ लाख ६० हजार ७ सय ४३ बराबरको ३ लाख १८ हजार ७ सय २४ कित्ता शेयर किनबेच भएको छ।