सेयर बजार २९.८१ अंक घट्यो, १ अर्ब १८ करोडको कारोबार

 आर्थिक खबर     १७ भाद्र २०८०, आईतवार १६:०३     53 जनाले पढ़िसके



Spread the love

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २९.८१ अंकले घटेर १ हजार ९ सय ६०.७८ अंकमा सिमित भएको छ। आइतबार कूल १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आइतबार कारोबार भएका मध्य ८ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ।  ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

आइतबार थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ। यसको सेयर १० अंकले बढेको छ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनी र सीटी होटेलको सेयर मूल्यका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यी दुबै कम्पनीको सेयर मूल्यमा १०/१० अंकको गिरावट आएको छ।