सामान्य अंकले बढ्यो नेप्से, कारोबार दुई अर्बमाथि

 आर्थिक खबर     २०८०, २५ श्रावण बिहीबार १६:५०     108 जनाले पढ़िसके



Spread the love

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा सामानय अंकले बढ्यो।

बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा चढ्दा सेन्सेटिभ इन्डेक्स १.१ अंकले बढेर ३९५.१५ विन्दु रह्यो।

तेह्रा कारोबार उपसूचकमध्ये पाँच वटा समूह घट्दा बाँकी आठ समूह बढेका छन्। सबैभन्दा बढी होटल तथा पर्यटन समूह २.६७ प्रतिशतले बढ्दा सबैभन्दा बढी फाइनान्स ०.३९ प्रतिशतले ओरालो लाग्यो।

बजार सामान्य अंकले बढे पनि कारोबार रकम भने बुधबारको भन्दा बढी देखियो। बुधबार दुई अर्बको कारोबार नछोएको बजारमा यसदिन २६९ कम्पनीका ५५ लाख ३ हजार कित्ता शेयर २ अर्ब १५ लाख ६५ हजार रुपैयाँमा कारोबार भयो।

कारोबारतर्फ सोल्टी होटल १६ करोडसहित पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा माथिल्लो तामाकोशी छ। जसमा ११ करोडको कारोबार भयो।