सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न एसपी थापाको नेतृत्वमा टोली गठन

 सुन काण्ड     २२ श्रावण २०८०, सोमबार १६:२५     73 जनाले पढ़िसके



Spread the love
काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उपरीक्षक (एसपी) सञ्जयसिंह थापाको नेतृत्वमा टोली गठन खटाएको छ।
२ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको बताइएको छ।
यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।