सुनको मूल्य तिन सय बढयाे

 सुनचाँदी     १४ श्रावण २०८०, आईतवार १२:५७     84 जनाले पढ़िसके



Spread the love
काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ कारोबार भएको थियो भने आज एक लाख १२ हजार नौ सय रुपैयाँ कायम रहेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।