आज तेस्रो दिन पनि सेयर बजार ८.११ अकंले घट्यो २१५६.२० बिन्दुमा झर्यो

 शेयर बजार     १० श्रावण २०८०, बुधबार २१:३३     85 जनाले पढ़िसके



Spread the love

काठमाडौं । लगानीकर्ता अहिले रुष्ट छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पूँजी बजार निरुत्साहित गर्ने काम गरेको उनीहरुको भनाइ रहेको छ ।

मोद्रिक नीति मार्फत सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनायो । सोहि दिन बजारले सकरात्मक बाटो लियो । लिखित मौद्रिक नीतिमा भने सेयर धितो कर्जामा जोमिखभार पुनरावलोकन गरिने कुराले लगानीकर्ता उत्साहित थिए । केन्द्रीय बैंकले कर्जामा कुनै सीमा निर्धारण नगरीसेयर धितोमा प्रवाह हुने कर्जामा जोखिमभार घट्ने आश गरेका थिए ।

लगानीकर्ताले १५० को जोखिम भारलाई घट्ने बुझेका थिए । तर, पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोकर्जामा पुनरावलोकन गर्ने विषयलाई लिएर दोधारमा नपर्न र सेयर धितोकर्जाको व्यवस्था यथावत नै रहेको बताए । विगतमा २५ लाख मुनिका कर्जामा जोखिमभर १०० प्रतिशत रहेकोमा अहिले यसको थ्रेसहोल्ड ५० लाख पुर्याउन खोजिएको उनले बताए । अन्य व्यवस्थालाई यथावत नै राखिने उनको भनाइ रहेको थियो । सोहि कुराले अन्यौल सिर्जना गर्दा बजार ओरालो गति तिर लागेको हो ।

लगानीकर्ता अब ‘पर्ख र हेर’ को रणनीति छन् । अब लगानीकर्ताले सर्कुलर कुरिरहेका देखिन्छन् । करेक्सनपछि बजारले पुनः सुधार तिर लैजाने आंकलन गरीएको छ ।

बजार ८.११ अकंले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ । बुधबार २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य भएका छन् । बुधबार फाइनान्स समूहको ०.०८ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३७ प्रतिशत र अन्य समूहको ०.७० प्रतिशत सेयर मूल्य बढेको हो भने अन्यको घटेको छ ।