विमानस्थल भन्सार कार्यालयद्दारा सुनजस्तो देखिने साढे ४ किलो बढी पहेंलो धातु बरामद

 #अपराध     २०८०, ६ श्रावण शनिबार ०९:०४     132 जनाले पढ़िसके



Spread the love

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद गरेको छ। गएराति बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सो परिमाणको सुनजस्तो देखिने साढे चार किलोभन्दा बढी पहेंलो धातु कार्यालयले बरामद गरेको हो।

भन्सार कार्यालयका एक अधिकारीका अनुसार थाई नागरिकले हाते झोलामा ल्याएको १० थान बिस्कुटको आकारको पहेंलो धातु फेला पारिएको हो। उनले भने ‘१० थान बिस्कुटको आकारको सुनजस्तो देखिने पहेंलो धातु बरामद गरेका छौं। उक्त धातु सुन हो वा होइन परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ।’

यता थाई सावनले भने उक्त पहेंलो धातु सुन नभएको र आफूले धार्मिक प्रयोजनका लागि ल्याएको दाबी गरेका छन्। यद्यपी भन्सार कार्यालयका अधिकारीहरुले उक्त पहेंलो धातु सुन नै हुन सक्ने बताएका छन्।