सुन तस्करीमा संलग्न भएको आशंकामा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

 #अपराध     ४ श्रावण २०८०, बिहीबार १९:३२     63 जनाले पढ़िसके



Spread the love

सुन तस्करीमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन जान लागेका ३६ वर्षीय जेक्यू याङ लिनलाई अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । ७ महिनाअघि उनी नेपाल आएको खुलेको छ ।

नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको आशंका छ । उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको अध्यागमनका एक अधिकारीले बताए । ती चिनियाँ नागरिक अस्ति मंगलबार बरामद करिब एक सय केजी सुनको कारोबारसँग जोडिएको आशंका गरेपनि पुष्टी भइसकेको छैन ।