चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, ठूलो अंकले बढ्यो नेप्से

 आर्थिक खबर     २०८०, १ श्रावण सोमबार १६:१५     91 जनाले पढ़िसके



Spread the love

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन् । नेप्से सोमबार ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ।

सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबारमा आज सकारात्मक सर्किट लागेको छ । कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फन्डसहितका धितोपत्रको मूल्य भने घटेको छ ।

आज उपसमूहतर्फ रहने १३ वटा समूहमा एकबाहेक सबैको सेयरमूल्य बढेको छ।