एलओडीका म्यानेजरसहित २ जना पक्राउ

 #अपराध     १ श्रावण २०८०, सोमबार १४:१९     65 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजरसहित दुई जनालाई पक्राउ गरेको छ ।

बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो ।

एलओडीमा गएकी एक १५ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चा लक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् । बालिकालाई बलात्कार गर्ने ५१ वर्षीय पुरुष भने हिरासतमा छन् ।