अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयर आजबाट सर्वसाधारणलाई बिक्री खुला

 आर्थिक खबर     २०८०, १० असार आईतवार १७:२६     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणमा सेयर बिक्री गर्दैछ। वैदेशिक रोजगार र आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

सर्वसाधारणले ५ लाख ३९ हजार ५०० कित्ता सेयरमा दाबी गर्न पाउने छन्। एक जनाले कम्तिमा १० कित्ता र बढीमा एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्छन्।

कम्पनीको सेयरमा असार १३ गतेसम्म आवेदन दिन सकिन्छ। २२ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले २९.५५ प्रतिशत सेयर जारी गर्ने छ। यसैबाट रोजगारीमा गएका, प्रभावित, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणलाई छुट्याएको हो।

कम्पनीले लमजुङको माथिल्लो स्याङ्गे खोलामा साना जलविद्युत आयोजना बनाउँदैछ। यो २.४ मेगावाटको आयोजना हो।

कम्पनीका अनुसार आयोजनाको कुल अनुमानित लागत ५० करोड रहने छ। जसअनुसार प्रति मेगावाट लागत २१.०३ करोड हुन आउँछ।