भुटानी शरणार्थी प्रकरण प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

 नक्कली भुटानी शरणार्थी काण्ड     २०८०, १ असार शुक्रबार ०९:०८     92 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आजवाट जवाफी बहस सुरु हुने भएको छ ।

सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

आजवाट हुने जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिईसकेका छन् ।