निरा हत्या प्रकरण : जहाजमार्फत् काठमाडौं ल्याइँदै अभियुक्त

 संवाददाता    २०८०, १७ बैशाख आईतवार १२:०१     98 जनाले पढ़िसके



Spread the love

प्रहरीले काठमाडौं महानगरपालिका–६ सरस्वती नगरकी निरा पाण्डे आचार्यको हत्या अभियुक्तलाई झापाबाट पक्राउ गरेर हवाई जहाजमार्फत् काठमाडौं ल्याउन लागेको छ । निराको हत्या अनुसन्धानको नेतृत्व सम्हालेकी केन्द्रीय अनुसन्धान ब्यूरोकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले अभियुक्त विनोद विकलाई जहाजमार्फत् काठमाडौं ल्याउन लागेको जानकारी दिइन् ।

उनका अनुसार अभियुक्त विकलाई प्रहरीले झापाको भन्द्रपुर विमानस्थलबाट काठमाडौं ल्याउन लागेको हो । आज (आइतबार) खराब मौसमका कारण अहिलेसम्म विमानले उडान गर्न सकेको छैन । प्रहरीले बिहान ९ बजे नै काठमाडौं ल्याउने तयारी गरेको थियो ।

वैशाख ७ गते दिउँसो चावहिलस्थित आफ्नै पसलमा हत्या भएको अवस्थामा पाण्डेको शव फेला परेको थियो ।

उनको काठमाडौंमा दुईवटा पसल रहेका छन् । एउटा उनका पति योगेश आचार्यले सञ्चालन गर्दै आएका छन् भने ‘निरु’​ आफैँले भाडा पसल सञ्चालन गर्दै आएकी थिइन् । उनीहरू बाग्लुङको बडिगाड गाउँपालिकाका स्थानीय हुन् ।