काठमाडौं । मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो। । कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।
आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिसम्म मागअनुसार अवेदन नपरे जेठ २ गतेसम्म आवेदन खुल्ला रहने पनि कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरी सकेको छ।