नेप्सेमा दोहोरो अंकको गिरावट, १३ वटै उपसमूहको सूचक नकारात्मक

 आर्थिक खबर     २०८०, ४ बैशाख सोमबार १६:१५     116 जनाले पढ़िसके



Spread the love

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २३.६३ अंकले घटेर १९०८.०५ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इन्डेक्स ४.८७ अंकले घटेको छ। यसदिन २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर ९२ करोड ७८ हजार ५७१ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले ओरालो लागेको बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय संस्था,कालिञ्चोक दर्शन र मोलुंग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड बढिको सेयर कारोबार भयो। शिवम् सिमेन्टको ४ करोड र एनआईसी एसियाको ३ करोड बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। ९ उपसमूहको सूचक १ प्रतिशत बढिले घटेको हो।