नेप्सेमा ८.२८ अङ्कको गिरावट

 आर्थिक खबर     २०७९, २३ चैत्र बिहीबार १९:१२     160 जनाले पढ़िसके



Spread the love

काठमाडौँ / आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो।

नेप्सका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा ९२ करोड छ लाख ८६ हजार बराबरको कारोबार भएको छ।

आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। नेप्सेका अनुसार बैंकिङ समूह शून्य दशमलव ५४, निर्जीवन बीमा समूह एक दशमलव ६९ र व्यापार समूह चार दशमलव ०४ अङ्कले बढेको छ। आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२ दशमलव १२ र जलविद्युत् समूहको उपसूचक २८ दशमलव ५८ अङ्कले घटेको छ।

वित्त समूह २२ दशमलव ६०, होटल तथा पर्यटन समूह नौ दशमलव ४१, लगानी समूह शून्य दशमलव ६३, र जीवन बीमा समूह १८ दशमलव ६२ अङ्कले घटेको नेप्सेले जनाएको छ। उत्पादन तथा प्रशोधन समूह १९ दशमलव ३७, लघुवित्त समूह १३ दशमलव १४, म्युचुअल फन्ड समूह शून्य दशमलव ११ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ।

आज कालिञ्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ४३ अङ्कले घटेको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको चार करोड ९२ लाख बराबरको एक लाख २० हजार पाँच सय ५८ कित्ता शेयर कारोबार भएको छ।