नेपाली बजारमा सुनको मूल्यले राख्यो किर्तिमानी रेकर्ड

 आर्थिक खबर     २०७९, १२ माघ बिहीबार १२:३८     164 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन तोलाको एक लाख ६ हजार ९०० रपैयाँमा कारोबार भइरहेको छ ।

यही माघ १० गते सुन तोलाको एक लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको बढी मूल्यको रेकर्ड थियो । त्यसलाई ‘ब्रेक’ गर्दै बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।

यस दिन तेजाबी सुन तोलाको एक लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।