नेप्सेमा दोहोरो अंकको पहिरो, कारोबार रकम पनि घट्यो

 आर्थिक खबर     २०७९, ९ माघ सोमबार १६:३९     240 जनाले पढ़िसके



Spread the love

काठमाडौं– साताको पहिलो कारोबार दिन आज (सोमबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार सेयर बजार परिसूचक (नेप्से) १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

सोमवार नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको सेयर खरिदबिक्री भएको थियो।

सोमबार कारोबारमा आएका १३ उप समूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ उपसमूहको परिसूचक १५.१६ र म्युचुअल फण्डको १५.०६ अंकले बढ्यो।

विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेमा गिरावट आए पनि ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।