नक्कली नोट कारोबार गर्दा गर्दै जिफन्टका सचिव पक्राउ

 #अपराध     २०७९, ८ माघ आईतवार १२:०४     109 जनाले पढ़िसके



Spread the love

सर्लाही –ट्रेड युनियन महासंघ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन् ।

 

प्रहरीले पन्तको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । झोलामा पैसा बोकेर गएको अवस्थामा उनी पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।