टिकटकमा जुवा खेलाएको आरोपमा चार जना पक्राउ

 #अपराध     २०७९, २८ पुष बिहीबार १८:३७     131 जनाले पढ़िसके



Spread the love

टिकटकमा लाइभ गरेर अनलाईन जुवा खेलाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चार जनालाई पक्राउ गरेको छ।

उनीहरूले अनलाईन जुवा खेलाएर ४० लाख रुपैयाँभन्दा बढी रकम ई–सेवामा जम्मा गर्न लगाएको भेटिएको पनि प्रहरीले जनाएको छ। यो रकम १० दिनको अवधिमा कारोबार गरेका हुन्।

पक्राउ पर्नेमा दाङका ऋषिप्रकाश योगी, भक्तपुरका कपिल गिरी, प्रेम कठायत र कैलालीका डिल्लीराज अवस्थी छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।