टिकाटालो पश्चात् विवाह नगरेको भन्दै आत्म दाह गरेर जलेको अवस्थामा फेला परेकी पुष्पाको मृत्यु, एक जना पक्राउ

 संवाददाता    २०७९, २० मंसिर मंगलवार १४:३२     118 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – इन्गेजमेन्ट टुटेपछि जलेको अवस्थामा फेला परेकी दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको मृत्यु भएको छ।

विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा फेला गरेकी थिइन्। उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएकाे थियाे।

यसैकाे आधारमा प्रहरीले घटनामा संलग्न केटा पक्षकाे परिवारका सदस्य सुधन संग्रौलालाई पक्राउ गरिएकाे प्रहरी वृत्त, महाराजगञ्जले जनाएकाे छ।

प्रहरिका अनुसार अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन्।

प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनकाे सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको हाे।

परिवारका अनुसार संग्रौला दरबारमार्गस्थित शोरुममा आउने क्रममा २०७८ को माघ महिनादेखि चिनजान भएको थियो। एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए। त्यसक्रममा एकअर्काको घरमा समेत आउजाउ हुने गरेको उनीहरुको भनाइ छ।

त्यसक्रममा दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाइ छ। त्यसक्रममा एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ।