पत्रकार सरोजराज अधिकारी मृत फेला

 #अपराध     २०७९, २३ कार्तिक बुधबार २१:०४     130 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।

सुन्धारास्थित सिद्धार्थ होटेलमा उनी मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।काठमाडौँ प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार अधिकारी झुण्डिएको अवस्थामा फेला परेका हुन्।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।उनले कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका थिए।