अपूर्व क्षितिज पुन: पक्राउ

 संवाददाता    २०७९, १ कार्तिक मंगलवार १०:१८     160 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।

यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई हिजो पुन: हिरासतमा लिएको हो।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले पनि अपूर्वलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । आज सार्वजनिक विदा भएकाले उनलाई भोलि बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।