बेलायतका प्रधानमन्त्री बोरिस जोनसनद्वारा राजीनामा

 #अन्तरास्ट्रिय     २०७९, २३ असार बिहीबार १८:४६     83 जनाले पढ़िसके



Spread the love

काठमाडौं

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो मन्त्रिपरिषद्का करिब आधा दर्जन सदस्यहरु तथा ५९ जना सांसदहरुले राजिनामा दिएपछि दबाबमा परेका प्रधानमन्त्री जोन्सनले आज बिहान संसदीय दलको नेताबाट राजीनामा दिनुभएका थिए।

लगत्तै आज स्थानीय समय अनुसार साढे १२ बजे डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन । सन् २०१९ मा सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत ल्याएका जोन्सन आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य भएका हुन ।

यद्यपी पार्टीमा नयाँ नेता निर्वाचित नभइन्जेल जोनसन नै पदमा रहिरहने छन् । सम्भवत एक साता भित्र नयाँ नेता चुनिने प्रक्रिया सुरु हुने सम्भावना रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।