नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकोमा शुक्रबार रु ९७ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मुल्यसुची आनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रहेकामा बिहीबार प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै रु एक हजार २०० मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो ।