काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बैठक काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १२ बजे बस्ने केन्द्रीय सदस्य केशव झाले जानकारी दिए ।
बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृसंगठन निर्माणलगायत एजेन्डाहरूमा छलफल हुने कार्यतालिका छ । शनिबारदेखि बैठक सुरु भएको हो ।
शनिबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ती एजेन्डाहरू प्रस्तुत गरेका थिए ।