काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल किसान संघको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसको अवसरमा संघले आयोजना गर्न लागेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।
कार्यक्रम भक्तपुरको सिरुटारमा हुने छ । ओलीले मध्याह्न १२ बजे सम्बोधन गर्ने तय भएको संघले जनाएको छ ।