नेकपा एकीकृत समाजवादी पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन केन्द्रिय परिषद वैठकद्दारा सुझाव सहित सर्वसम्मतले पारित

 #नेकपा एकीकृत समाजवादी     २०७९, १४ असार मंगलवार १९:५७     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को प्रथम बैठक पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

दुई दिनसम्म चलेको बैठकले प्रतिवेदनलाई सुझावसहित सर्वसम्मतिले पारित गरेको पार्टी महासचिव बेदुराम भुसालले जानकारी दिए ।

बैठकले पार्टी केन्द्रीय कमिटीको तर्फबाट उपाध्यक्ष प्रमेश हमालले प्रस्तुत गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका १५ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।

बैठकले सरकारबाट फिर्ता भएका निवर्तमान मन्त्रीहरूलाई धन्यवाद दिएको छ । साथै नव नियुक्त मन्त्रीहरूलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना पनि दिएको छ ।

यस्तो छ १५ बुँदे समसामयिक प्रस्ताव :