वामदेव गौतम घोषणा गरे `नेकपा राष्ट्रिय एकता पार्टी पार्टी´

 संवाददाता    २०७९, १४ असार मंगलवार १६:४४     93 जनाले पढ़िसके



Spread the love

काठमाडौं- वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो ।

सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए ।उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ। केन्द्रीय कार्यसमितिमा १ अध्यक्ष, प्रत्येक प्रदेशको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी १ महासचिव, १ उपमहासचिव, १ कोषाध्यक्ष र १ सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।